शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

ओली–प्रचण्डको झगडामा भित्रैसम्म घुस्यो चीन, राजदूत यान्छीले नसकेपछि थप टोली आउँदै

ओली–प्रचण्डको झगडामा भित्रैसम्म घुस्यो चीन, राजदूत यान्छीले नसकेपछि थप टोली आउँदै

  • मिडिया डबली
  • शनिवार, पौष ११ २०७७

  • 5.7K
    SHARES

  • ओली–प्रचण्डको झगडामा भित्रैसम्म घुस्यो चीन, राजदूत यान्छीले नसकेपछि थप टोली आउँदै

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा विभाजित भएपछि उत्तरी छिमेकी चीनले फुटमा भित्रैसम्म प्रवेश गरेको छ ।

    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका विभिन्न नेताहरूसँग भेट गरेर पनि विवाद नमिल्ने भएपछि अब चीनबाटै थप टोली काठमाडौं आउने भएको छ ।

    नेकपा विभाजन र संसद विघटनको स्थलगत रूपमै जानकारी हासिल गर्न चीनबाट एउटा प्रतिनिधिमण्डल काठमाडौं आउने भएको हो । 

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा भोलि आईतबार आउने जाँचबुझ टोलीमा ४ सदस्यीय हुने स्रोतले जनाएको छ । टोली काठमाडौंमा ४ दिनसम्म बस्नेछ ।

    काठमाडौं आउने चिनियाँ टोलीले विभाजित नेकपाको दुवै पक्षसँग गहन छलफल गर्ने कार्यक्रम रहेको नेकपा नेताहरू बताउँछन् । 

    यसअघि काठमाडौंमा राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतसँग भेटघाट गरिसकेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend