काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट राति जारी भएको छ ।
नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरिसकेपछि राति ८ः४४ बजे वेबसाइटमा मन्त्रिपरिषद् पुनर्गठनको विज्ञप्ति राखिएको छ ।
जसमा उल्लेख छ, ‘आज मिति २०७७ साल पुस १० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।’


नवनियुक्त मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र राज्यमन्त्रीहरू प्रधानमन्त्री ओलीसमक्ष राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका पद तथा गोपनीयताको शपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।