आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसद विघटन विरुद्धको रिटमा सर्वाेच्चबाट विद्या भण्डारी र केपी ओलीलाई यस्तो आदेश

संसद विघटन विरुद्धको रिटमा सर्वाेच्चबाट विद्या भण्डारी र केपी ओलीलाई यस्तो आदेश

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 10.5K
    SHARES

  • संसद विघटन विरुद्धको रिटमा सर्वाेच्चबाट विद्या भण्डारी र केपी ओलीलाई यस्तो आदेश

    काठमाडौं – संसद विघटनविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न विपक्षी राष्ट्रपतिको कार्यालय र सरकारका नाममा आदेश जारी गरेको छ ।

    विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन् ।

    नेपाल बार र सर्वोच्च बारबाट ‘एमिकस क्युरी’ झिकाउने आदेश समेत भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

    विघटनविरुद्ध परेका १४ वटा रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ भएको छ । रिटमाथि सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराबाहेक न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् ।

    संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend