काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
साँझ ६ बजे बालुवाटारमा बस्ने गरेर मन्त्रिपरिषद् बैठक बोलाएको हो ।
गत पुस ६ गते ७ मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको छ ।
प्रधानमन्त्री ओलीले चाँडै रिक्त पदमा मन्त्रीहरू नियुक्त गर्ने तयारी समेत गरेका छन् ।
बिहीबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकपछि परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् विस्तार गर्ने रहेको जानकारी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।