आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वरिष्ठ नेता रामचन्द्र पौडेल केपी ओलीसँग चुनाव लड्न तयार, कसले मार्ला बाजी ?

वरिष्ठ नेता रामचन्द्र पौडेल केपी ओलीसँग चुनाव लड्न तयार, कसले मार्ला बाजी ?

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 8.7K
    SHARES

  • वरिष्ठ नेता रामचन्द्र पौडेल केपी ओलीसँग चुनाव लड्न तयार, कसले मार्ला बाजी ?

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले ५ पटक चुनाव जितेकाले परिआए प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चुनाव लड्न तयार रहेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले बुधबार योहो टेलिभिजनमा दिएको अन्तर्वार्तामा कांग्रेस नेता पौडेललाई चुनाव हार्ने डरले चुनावको विरोध गरिरहेको आरोप लगाएका थिए ।

    त्यसको जवाफ दिँदै नेता पौडेलले ओलीसँगै जतिसुकै बेला चुनाव लड्न तयार भएको बताएका छन् ।

    ‘म पाँचपल्ट चुनाव जितेको मान्छे हुँ,’ पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले भने, ‘अबको चुनावमा केपी ओलीसँगै लड्न तयार छु ।’

    ओलीलाई चुनौती दिँदै नेता पौडेलले दिएको अभिव्यक्तिपछि साँच्चिकै ओली र पौडेल एउटै क्षेत्रबाट चुनाव लडेमा कसले बाजी मार्ला भन्ने चासो बढेको छ । 

    ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेको छ । ओलीले गफ मात्रै हान्ने र काम नगर्ने भएका कारण घोषित मितिमा चुनाव हुनेमा भने शंका गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend