काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओली पक्षतिर लागेपछि तनावमा रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्काे धक्का लागेको छ ।
प्रचण्ड निकट मानिने प्रभावशाली नेता प्रभू शाहले नयाँ पार्टीमा पनि २ अध्यक्ष रहने प्रणालीको विरोध गर्दै प्रेस विज्ञप्ति नै जारी गरेका छन् । यसअघि उनले बैठकमै असन्तुष्टि व्यक्त गरेका थिए ।
बिहीवार सार्वजनिक प्रेस विज्ञप्ति नै जारी गरेर शाहले देश र जनतालाई घात गर्ने २ अध्यक्षीय प्रणालीलाई अस्वीकार गर्न आह्वान गरेका छन् । उनी हाल प्रचण्ड नेकपामै रहेपनि असन्तुष्टि बढ्दै गए अर्काेतिर लाग्ने संकेत देखिएको छ ।
साहले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनको सिफारिसलाई आत्महत्याको संज्ञा दिँदै प्रचण्ड नेतृत्वलाई सहयोग गर्न अग्रसर भएको भएपनि प्रचण्ड नेतृत्वको समुहले विगतको गल्तीलाई गम्भीर समीक्षा गरी सच्याउनुको साटो पुनरावृत्ति गरेको आरोप लगाएका छन् ।
पूर्व मन्त्री समेत रहेका साहले नेतृत्वसम्बन्धी विश्वव्यापी मान्यता विपरीत नेपालमा असफलसिद्ध भइसकेको २ अध्यक्षीय प्रणालीजस्तो गम्भीर विषयमा छलफल नै नगरी अगिंकार गर्ने निर्णयप्रति औपचारिक एवं अनौपचारिक रूपमा पटक–पटक सुझाव एवं विमति जाहेर गर्दा पनि निषेध एवं निरकुशताको शैलीमा अगाडि बढाइएको विषयप्रति आफ्नो गम्भीर असहमति एवं आपत्ति भएको जनाएका छन् ।
प्रचण्ड नेकपाले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाएपछि साहले असहमति जनाउँदै आएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।