शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

केपी ओलीको यस्तो बदला : प्रचण्डलाई कारवाही गर्ने नेकपाको निर्णय

केपी ओलीको यस्तो बदला : प्रचण्डलाई कारवाही गर्ने नेकपाको निर्णय

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 4.0K
    SHARES

  • केपी ओलीको यस्तो बदला : प्रचण्डलाई कारवाही गर्ने नेकपाको निर्णय

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली पक्षले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारवाही गरेको छ ।

    ओली पक्षको केन्द्रीय कमिटीले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

    बिहीवार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको जनाइएको छ ।

    ओली पक्षका केन्द्रीय सदस्यहरुले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाइएको सर्वसम्मत निर्णय गरेको छ । यसअघि बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफूमाथि गरिएको कारवाही हाँस्यास्पद भएको बताएका थिए ।

    ‘प्रथम अध्यक्षलाई कारवाही यो कुन तमासा हो ? चेस खेल्दा हात्ती उँट घोडा खाएँ भनेजस्तै हो,’ उनले भने । कुनै ब्याङ्क्वेटमा बैठक राखेर आफूमाथि कारवाही गर्नेलाई कारवाही गर्ने हैसियत राख्ने ओलीले बताए ।

    ‘सम्हालिएर आउनुस्, नत्र कारवाही गर्छाैं,’ ओलीले भने । केन्द्रीय समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend