शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

जेल जाने तयारी गर्दै प्रचण्ड, बैठकमै यस्तो घोषणा

जेल जाने तयारी गर्दै प्रचण्ड, बैठकमै यस्तो घोषणा

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 20.6K
    SHARES

  • जेल जाने तयारी गर्दै प्रचण्ड, बैठकमै यस्तो घोषणा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक–पटक जेल जाने चर्चा चल्ने गर्छ । स्वयं प्रचण्डले फेरि जेल जाने प्रसंग निकालेका छन् ।

    काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बैठकका सहभागी केन्द्रीय सदस्यहरुलाई सोधे, ‘हामी फेरि जेल जान तयार हो कि होइन ?’ कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेको अवस्थामा संसद पुनःस्थापनाको माग गरिरहेका प्रचण्डले अब ओलीविरुद्ध भीषण संघर्ष गर्नुपर्ने घोषणा गरेका छन् ।

    ‘अबको लडाइँ पनि सामान्य हुँदैन । एक पटक जुझारु नेतृत्व गर्नुपर्छ र जस्तोसुकै त्याग गर्न पनि तयार भनेर हामीले संकल्प गरौं,’ प्रचण्ड भने, ‘हाम्रा आधिकारिक संस्थाहरूलाई केही भन्नु छैन । संवैधानिक व्यवस्था अनुसार काम होस् । षड्यन्त्रको डिजाइन सफल हुन नदिइयोस् । संविधानको अपहरण नगरियोस् । खबरदार ! कानून अनुसार फैसला भए हुन्छ ।’

    संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको तथ्य घामजस्तो छर्लङ्ग रहेको बताउँदै प्रचण्डले भने, ‘के देशलाई निरंकुशतातर्फ धकेल्न खोजिएको हो ?’ प्रचण्डले जनताले निर्वाचित गरेर पठाएका सांसदहरू विघटन नभएको र बरु केपी ओलीको सरकार विघटन भएको दाबी गरे ।

    अदालतका थुप्रै पूर्व प्रधानन्यायाधीश, पत्रकार, नागरिक समाजले संसद विघटन अलोकतान्त्रिक रहेको भनिरहेका बताउँदै प्रचण्डले भने, ‘राष्ट्रिय दलको मान्यताप्राप्त पार्टीले पनि निरंकुशतातिरको कदम हो भनेका छन् । ठीक ढंगले सुनुवाइ होला जस्तो देखिएको छैन । आन्दोलन पनि भएको छैन, यत्तिकै सामसुम पारौं भनेको सुन्छु ।’

    सरकारले संसद विघटन गरेपछि प्रधानमन्त्री केपी ओली र प्रचण्ड पक्ष विभाजित भएका छन् । छुट्टाछुट्टै केन्द्रीय कमिटीका बैठक बसेर एकअर्कालाई कारवाही गर्ने निर्णय गरिरहेका छन् । यतिबेला देशभरका नेकपा नेता कार्यकर्ता विभाजित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend