शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

केपी ओलीवरुद्ध देशभर आन्दोलन चर्काउने प्रचण्ड नेकपाको निर्णय, नारायणकाजीलाई थप जिम्मा

केपी ओलीवरुद्ध देशभर आन्दोलन चर्काउने प्रचण्ड नेकपाको निर्णय, नारायणकाजीलाई थप जिम्मा

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 5.2K
    SHARES

  • केपी ओलीवरुद्ध देशभर आन्दोलन चर्काउने प्रचण्ड नेकपाको निर्णय, नारायणकाजीलाई थप जिम्मा

    काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशभर आन्दोलन चर्काउने निर्णय गरेको छ ।

    नेकपा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले संसद विघटन असंवैधानिक भएको भन्दै देशव्यापी जनपरिचालन र आन्दोलन गर्ने निर्णय गरेको हो ।

    प्रचण्ड नेकपाले पुस १० देखि २५ गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रम तय गरिएको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत पुस १० गते बिहान ९ः३० बजे माइतीघर मण्डलामा उपस्थित भएर प्लेकार्डसहित निर्वाचन आयोग जाने तय गरिएको प्रचण्ड–नेपाल पक्षले जानकारी दिएको छ ।

    पुस १० गते नै दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ । पुस ११ गते प्रदेश कार्यालयको बैठक गर्ने र पुस १२ गते ७७ वटै जिल्लामा भेला गर्ने कार्यक्रम तय गरिएको छ ।

    पुस १४ गते राजधानी काठमाडौंसहित जिल्ला–जिल्लामा विरोध प्रदर्शन गर्ने, पुस २० गते सबै नगर भेला गर्ने र पुस २५ गते सबै वडामा भेला गर्ने निर्णय भएको प्रचण्ड–नेपाल पक्षले जानकारी दिएको छ ।

    आन्दोलनका लागि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन मूल कमिटी गठन भएको छ । प्रदेशको आन्दोलनको संयोजन स्थायी कमिटी सदस्य र प्रदेश कार्यालयको संयोजनमा हुने निर्णय भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend