शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

केपी ओलीलाई अर्काे धक्का, यी २ केन्द्रीय सदस्यले पनि साथ छाडे

केपी ओलीलाई अर्काे धक्का, यी २ केन्द्रीय सदस्यले पनि साथ छाडे

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 14.4K
    SHARES

  • केपी ओलीलाई अर्काे धक्का, यी २ केन्द्रीय सदस्यले पनि साथ छाडे

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई एकपछि अर्को नेताले साथ छाड्ने क्रम जारी छ । पार्टी विभाजन भएको दुई दिनसम्म ओली नेकपालाई साथ दिएका पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ प्रचण्ड नेपाल समूहमा फर्किएका छन् ।

    तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। उनी लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए।

    २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुनमन्त्री बनेका थिए। तर, बीचमै छाड्नुपर्ने अवस्था आएको थियो । प्रधानमन्त्री केपी ओलीले सोमबार बालुवाटारमा बोलाएको नेकपा सांसदहरूको बैठकमा तामाङ गएका थिए। त्यसको भोलिपल्ट बोलाइएको केन्द्रीय कमिटी बैठकमा समेत सहभागी थिए।

    प्रचण्ड नेपाल नेतृत्वको नेकपाको बिहीबार बस्ने बैठमा आफू सहभागी हुने तामाङले बताएका छन्। त्यस्तै, उनकी श्रीमती उषाकला राईले पनि केपी ओलीको साथ छाडेकी छन् ।

    ओली पक्षले राईलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो । बिहीबार बिहान लामो सूचना जारी गर्दै राईले आफूले सो पद स्वीकार्न नसक्ने जानकारी गराएकी हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend