शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक विशेष

गगन थापाको उदघोष, ओलीको ‘कू’ को सडक आन्दोलनबाटै जवाफ दिन्छौं, कांग्रेस एकढिक्का छ

गगन थापाको उदघोष, ओलीको ‘कू’ को सडक आन्दोलनबाटै जवाफ दिन्छौं, कांग्रेस एकढिक्का छ

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 6.0K
    SHARES

  • गगन थापाको उदघोष, ओलीको ‘कू’ को सडक आन्दोलनबाटै जवाफ दिन्छौं, कांग्रेस एकढिक्का छ

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको ‘कू’ को सडक आन्दोलनबाटै जवाफ दिने बताएका छन् ।

    बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा कुराकानी गर्दै नेता थापाले अब कांग्रेसले बैठक छाडेर आन्दोलनमा जान ढिलाइ भइसकेको बताए । नेता थापाले आफुहरुका विरुद्धमा लागेका आरोप र व्यक्त भएका आशंकाहरुको एकमुष्ट निवारण गर्न अदालत, प्रधानन्यायाधीश र काँग्रेस सभापति शेरबहादुर देउवालाई अवसर आएको पनि बताए ।

    काँग्रेस अन्योलमा छ भन्ने सन्देश जान थालेकाले तत्काल बैठक टुंग्याएर गाउँ गाउँमा जान थालिहाल्नुपर्नेमा उनले जोड दिए । ‘अदालतलाई प्रभावित पार्ने होइन, दवाव दिने होइन, तर आफ्नो कुरा सुनाउने र संविधान अनुसार निर्णय गर्न झकझक्याउन त काँग्रेसले मिल्छ नि,’ उनले भने । संविधानको दुरुपयोग रोक्न राष्ट्रपति भन्ने संस्था चुके पनि अव अदालत नचुक्नेमा उनले विश्वास व्यक्त गरे ।

    अदालतको निर्णयलाई काँग्रेसले मान्ने स्पष्ट पार्दै उनले राजाको शाही कदमलाई उल्ट्याएको अदालतले अहिले पनि सही निर्णय गर्ने भरोसा जनाए ।

    ‘अदालतको निर्णय मान्नुपर्छ, अदालतले चाहिं संविधानअनुसार मात्रै निर्णय गरे पुग्छ, अरु केही गर्नुपर्दैन,’ उनले भने । निर्वाचनमा जानुहुन्न भन्नेमा कांग्रेसभित्र कोही पनि नरहेको जानकारी दिँदै उनले सिंगो नेकपाको असफलताका बारेमा गाउँगाउँमा पुगेर बताउदै गर्दा पनि निर्वाचनको तयारी हुने धारणा राखे ।

    उनले अदालतलाई कुरेर बस्ने भन्दा पनि जनताको आवाज अदालतसम्म पुर्याउन पनि कांग्रेसले आन्दोलन गर्नुपर्ने तर्क गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend