सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डकी बुहारी बिना मगरको यत्रो सपना बीचमै तुहियो !

प्रचण्डकी बुहारी बिना मगरको यत्रो सपना बीचमै तुहियो !

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 10.0K
    SHARES

  • प्रचण्डकी बुहारी बिना मगरको यत्रो सपना बीचमै तुहियो !

    काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा बुहारी बिना मगरलाई खानेपानी मन्त्री बनाए ।

    मन्त्री बनेदेखि नै बिना मगरले दशैंमा मेलम्चीको पानी काठमाडौं झार्ने बताउँदै आइन् । एक दशैं, दुई दशैं त्यत्तिकै बिते । अब तेस्रो दशैं आउनुअघि नै बिना मगरले मन्त्री पदबाट राजीनामा दिएकी छन् ।

    बिनाका ससुरा प्रचण्ड र प्रधानमन्त्री ओलीको झगडाले बिना मगरको खाइपाई आएको मन्त्री पद त गुमेको नै छ, सँगसँगै बिना मगरले दशैंमा पानी आउने भनेर दिने गरेको गफ समेत झूटा पुष्टि भएको छ ।

    मेलम्चीको पानी काठमाडौं कहिले आउँछ ? कुनै ठेगान छैन । बिना मगर मन्त्री भएकै बेला निर्माण कम्पनी भाग्ने, कमिसन मागेको आरोप लाग्ने, कमसल काम हुँदा जनधनको क्षति हुने जस्ता प्रकरण सार्वजनिक भए । 

    मेलम्चीको पानी परीक्षणका लागि गत असारमा सुरुङमा पानी पठाइए पनि दुर्घटनाका कारण सुरुङको पुनः मर्मत गरेर मात्रै परीक्षण गरिने भएको छ । सुरुङको निर्माण गुणस्तरहीन रहेको आशंका गरिएको छ । आयोजनाअन्तर्गत नै ‘हेडबक्स’ निर्माण भइरहेकामा त्यो समेत समयमा सम्पन्न गर्न सकिने संकेत छैन । 

    मेलम्चीको पानी काठमाडौं ल्याएको श्रेय आफ्नो पोल्टामा पार्न तम्सिएकी बिना मगरले रित्तो हात घर फर्किनुपरेको छ । मेलम्चीको सफलता आफ्नो नाममा लेखाउने बिना मगरको सपना बीचमै तुहिएको छ ।

    युवा अवस्थामै मन्त्री हुने अवसर पाएकी बिना मगरले के गरिन् ? सन्तोषजनक जवाफ आउने देखिँदैन । कुनै काम गरेको देखिएको छैन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend