शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

ओलीले दिए संकटकाल घोषणा गर्ने चेतावनी

ओलीले दिए संकटकाल घोषणा गर्ने चेतावनी

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 4.4K
    SHARES

  • ओलीले दिए संकटकाल घोषणा गर्ने चेतावनी

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा चलखेल हुन थाले थप कदम चाल्ने चेतावनी दिएका छन् । योहो टिभीको ‘सत्य संवाद’मा अन्तर्वार्ताका क्रममा ओलीले यस्तो चेतावनी दिएका हुन् । ओलीले यथास्थितिमा प्रदेश र स्थानीय तहमा सबै मिलेर जानु उचित हुने बताए ।

    ‘नत्र उहाँले कमद चाल्नुभयो भने मैले पनि थप कदम चाल्नुपर्छ,’ उनले भने, ‘अहिले देशभर अस्तव्यस्तता सिर्जना गर्ने होइन । केन्द्रमा जनताको अभिमतलाई अस्वीकार गर्ने, झलझेल र कपटको सिलसिला गर्ने, अनेक पार्टी मिलेर सरकार बदल्ने खेल खेल्ने र तमासा देखाइएपछि जनतामा जानुपर्छ भनेर मैले यो निर्णय लिएको हो ।’

    सत्तारुढ नेकपा विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको छ । केन्द्रमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह अलग कित्तामा उभिएपछि नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्रीसँग स्पष्ट बहुमत छ । ओली पक्षीय मुख्यमन्त्री रहेका प्रदेश १ का, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश अल्पमतको अवस्था छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend