काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजनपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सिधा प्रहार गरेका छन् ।
योहो टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ओलीले देशै उलटफेर गर्छु भनेर हिँडेका प्रचण्डले के–के परिवर्तन गरे भनेर प्रश्न गरेका छन् ।
‘देशकै उलटफेर गर्छु भनेर १७ हजार मान्छे चैट बनाउनुभएको हो । क्रान्तिका नाममा देश कब्जा गर्छु पनि भन्नुभएको हो । दुःखद् परिस्थिति भएपनि उलटफेर नै गर्छन् कि भन्ने थियो । तर अहिले परिवर्तन केमा भयो ? परिवार नातागोता आफन्त ? मलाई धेरै थाहा छैन छिमेकी र नजिक बस्नेलाई थाहा होला । मैले देखेको पनि छैन । उहाँमा पक्कै परिवर्तन भएको होला । तर जसले ज्यान दिए, कुनै शहीद परिवारको बच्चो पढाउने कष्ट गर्नुभएको छ ? सन्तान गुमाएर बेसहारा भएका कसैलाई सहारा दिनुभएको छ ?’ ओलीले प्रश्न गरे ।
अन्तर्वार्तामा ओलीले प्रतिनिधिसभा विघटन गर्नु संसदीय व्यवस्था र संसदीय अभ्यास भएको दाबी गरे । ‘संवैधानिक मर्म र व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन गरेको हुँ । कुनै पनि बैंङ्क्वेटको भेलाबाट मलाई कारबाही गर्न मिल्दैन,’ उनले भने ।
ओलीले आफूसँग ६४ प्रतिशत जनमत रहेको अवस्थामा ३६ प्रतिशतको अल्पमतले सरकार गठन गर्न सक्ने विकल्प नरहेको बताए । अन्तर्वार्ताका क्रममा प्रचण्ड मात्रै होइन, माधव नेपालप्रति समेत ओलीले प्रहार गरे ।
‘अर्कै प्रणाली र स्कुललिङबाट आएका व्यक्तिहरू पनि प्रचण्डको पछि लागे । नवौं महाधिवेशनमा उम्मेदवार बन्न नपाए पार्टी फुटाउने अवस्था रहेकाले माधव नेपालका निम्ति विधान संशोधन गरें,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।