शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

प्रचण्ड नेकपाभित्र फेरि पदको झगडा, भीम रावलदेखि जनार्दन शर्मासम्म प्रतिस्पर्धी !

प्रचण्ड नेकपाभित्र फेरि पदको झगडा, भीम रावलदेखि जनार्दन शर्मासम्म प्रतिस्पर्धी !

  • मिडिया डबली
  • बुधवार, पौष ८ २०७७

  • 23.7K
    SHARES

  • प्रचण्ड नेकपाभित्र फेरि पदको झगडा, भीम रावलदेखि जनार्दन शर्मासम्म प्रतिस्पर्धी !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा फेरि पदको झगडा सुरू भएको छ ।

    तत्कालीन नेकपाका महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओली गुटतिर लागेपछि प्रचण्ड नेकपाले नयाँ महासचिव छान्नुपर्ने भएको छ । तर महासचिव कसलाई बनाउने भन्नेबारे झगडा र तानातान सुरू भएको छ ।

    नयाँ प्रचण्ड समूहको महासचिवका लागि कम्तिमा पनि ४ जनाबीच प्रतिस्पर्धा रहेको देखिएको छ । महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, वर्षमान पुन र जनार्दन शर्माको नाम चर्चामा रहेपनि सर्वसम्मत हुनसक्ने देखिएको छैन ।

    प्रचण्ड नेकपाका अध्यक्ष माधवकुमार नेपालले  महासचिवमा भीम रावलको नाम अगाडि बढाएका छन् । रावल नभए बेदुराम भुसाललाई पनि महासचिव बनाउन सकिने नेता नेपालको अडान छ ।

    अध्यक्ष प्रचण्डले भने वर्षमान पुन वा जनार्दन शर्मामध्ये १ जनालाई महासचिव बनाउनुपर्ने इच्छा जाहेर गरेका छन् । वरिष्ठ नेता झलनाथ खनालको रोजाइमा सुरेन्द्र पाण्डे रहेका छन् । यसरी ३ नेताका महासचिव पदका आकांक्षी अनेक भएपछि प्रचण्ड नेकपाभित्र रस्साकस्सी सुरू भएको छ ।

    प्रचण्ड नेकपामा पहिलो नम्बरका वरिष्ठ नेता झलनाथ खनाललाई छाडेर दोस्रो नम्बरका माधव नेपाललाई अध्यक्ष बनाइएकाले महासचिवमा खनालको रोजाइ छनौट हुने सम्भावना बढी रहेको स्रोतले जनाएको छ ।

    ‘झलनाथ कमरेडले आफूभन्दा पछिको दोस्रो वरियतामा रहेका नेपाललाई अध्यक्ष मान्नुभएको छ । महासचिवमा उहाँले भनेको व्यक्ति हुने सम्भावना बढी छ,’ नेकपाका एक नेताले भने ।

    प्रचण्ड–नेपाल समूहले मंगलबार केन्द्रीय कमिटी बैठक गरेर ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाइसकेको छ । आज बुधवार बसेको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेताबाट समेत हटाएर प्रचण्डलाई नयाँ दल नेता चुनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend