काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट ‘आउट’ गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधवार बसेको सांसदको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । नेता नेपालको प्रस्तावलाई हलमा उपस्थित सांसदहरूले सर्वसम्मतले अनुमोदन गरेका छन् ।
प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो । बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।
यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा बनाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।