शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक विशेष

ओली पक्षले सातै प्रदेशमा प्रशिक्षण दिन खटायो नेता [ नामावलीसहित ]

ओली पक्षले सातै प्रदेशमा प्रशिक्षण दिन खटायो नेता [ नामावलीसहित ]

  • मिडिया डबली
  • बुधवार, पौष ८ २०७७

  • 3.8K
    SHARES

  • ओली पक्षले सातै प्रदेशमा प्रशिक्षण दिन खटायो नेता [ नामावलीसहित ]

    काठमाडौं - पार्टी औपचारिक रूपमा विभाजन भएको घोषणा नगरे पनि केपी ओली नेतृत्वको नेकपाले सातै प्रदेशमा प्रशिक्षण भेला सञ्चालन गर्ने भएको छ ।

    त्यसका लागि केन्द्रीय नेतालाई प्रशिक्षण सञ्चालन गर्न खटाएको छ । मंगलबार नियुक्त गरिएका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिन भन्दै ओली नेकपाले प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।

    बुधबार नेकपा (ओली पक्ष) का प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रदेशमा खटाइएको नेताहरूबारे जानकारी गराएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे, कर्णाली प्रदेशममा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य तथा लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई खटाइएको छ ।

    यस्तै, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश नम्बर २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो तथा प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेलाई तोकिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend