शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

ओलीलाई अर्काे आपत्, सुदूरपश्चिम प्रदेशमा पनि अल्पमत

ओलीलाई अर्काे आपत्, सुदूरपश्चिम प्रदेशमा पनि अल्पमत

  • मिडिया डबली
  • बुधवार, पौष ८ २०७७

  • 3.4K
    SHARES

  • ओलीलाई अर्काे आपत्, सुदूरपश्चिम प्रदेशमा पनि अल्पमत

     काठमाडौं – प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएपछि ६ वटा प्रदेशमा समीकरण फेरबदलको गणित सुरु भएको छ । प्रदेश २ बाहेक ६ वटा प्रदेशमा बहुमतको सरकार बनाएको नेकपामा पार्टी विभाजनसँगै प्रदेश सरकार परिवर्तन हुने आकलन गर्न थालिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

    जसमध्ये सुदूरपश्चिममा ५३ प्रदेशसभा सदस्यमध्ये नेकपाका ३९ जना छन् । अहिले नेकपाका ६ जना सांसद मात्रै ओलीको पक्षमा खुलेका छन् । गत निर्वाचनमा तत्कालीन एमालेका प्रभावशाली नेता भीम रावल र माओवादीबाट लेखराज भट्टले एकीकृत अवस्थाको चुनावी अभियान हाँकेका थिए ।

    अहिले दुवै जना अलग खेमामा छन् । अब परिवर्तित परिस्थितिमा रावलको जोडबल प्रदेश सरकार टिकाउन रहनेछ भने भट्ट अल्पमतमा पारेर आफ्नो सरकार बनाउने रणनीतिमा लाग्ने छन् । भट्टसँंगै ओलीका सुदूरपश्चिमका विश्वासिला पात्र कर्ण थापा पनि यो अभियानमा जुटिरहेका छन् ।

    तर, संख्यात्मक हिसाबले ओली पक्षलाई त्यति सहज नदेखिए पनि लामो समयदेखि पार्टीभित्रका असन्तुष्टलाई व्यवस्थापन गर्न नसके प्रचण्ड र माधव नेपाल पक्षलाई सरकार टिकाइराख्न समस्या पर्ने नेताहरू बताउँछन् । सरकार जोगाउन नेपाल–दाहाल पक्षले मन्त्रिपरिषद् हेरफेरसँगै हाल रहेको सात मन्त्रालयमा थप गरेर असन्तुष्टलाई व्यवस्थापन गर्न सक्ने केही सांसदले बताए ।

    अहिले एक मन्त्रीसहित पाँच जना खुलेर नयाँ समीकरणको तयारीमा जुटिरहेका छन् । यो संख्या बुधबार धनगढीमा हुने ओली पक्षीय भेलापछि बढ्ने अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend