आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसद विघटनविरुद्धको फैसला आज, राष्ट्रपतिलाई महाअभियोग लाग्छ कि ?

संसद विघटनविरुद्धको फैसला आज, राष्ट्रपतिलाई महाअभियोग लाग्छ कि ?

  • मिडिया डबली
  • बुधवार, पौष ८ २०७७

  • 4.9K
    SHARES

  • संसद विघटनविरुद्धको फैसला आज, राष्ट्रपतिलाई महाअभियोग लाग्छ कि ?

     काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मन्त्रिपरिषदबाट सिफारिस गरी राष्ट्रपतिद्धारा स्वीकृत भएको संसद विघटनविरुद्ध परेको रिटमाथि आज सुनुवाई हुँदैछ। संसद बिघटनको बिरोधमा सर्वोच्चमा १२ रिट परेकोमा एउटा संवैधानिक इजलासमा पठाइएको छ ।

    ११ वटा रिटको पेशी आजलाई तोकिएको छ । संवैधानिक इजलासको पेशी शुक्रबारका लागि तोकिएको छ । प्रतिनिधिसभा विघटनलाई मान्यता दिन नहुने दावीसहितको रिट परेको छ भने संवैधानिक परिषदको निर्णय भनेर संसद सचिवालयमा पठाइएको संवैधानिक नियुक्तिबिरुद्ध पनि रिट परेका छन् ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, केशरजंग केसीलगायतका रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । रिटमा प्रधानमन्त्री, राष्ट्रपति लगायतलाई विपक्षी बनाइएको छ । संसद विघटन बदर भयो भने राष्ट्रपति र प्रधानमन्त्रीको पदमाथि बैधानिकताको प्रश्न उठ्नेछ । राष्ट्रपतिलाई महाअभियोग लाग्ने बाटो पनि खुल्ला हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend