आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारविरुद्ध आन्दोलन घोषणा : देशभर केपी ओली र विद्या भण्डारीको पुत्ला जलाउने निर्णय

सरकारविरुद्ध आन्दोलन घोषणा : देशभर केपी ओली र विद्या भण्डारीको पुत्ला जलाउने निर्णय

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 8.1K
    SHARES

  • सरकारविरुद्ध आन्दोलन घोषणा : देशभर केपी ओली र विद्या भण्डारीको पुत्ला जलाउने निर्णय

    काठमाडौं – प्रतिनिधिसभा विघटन गर्ने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलन घोषणा गरेको छ ।

    मंगलवार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८–१२ गतेसम्मको आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको राजपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् ।

    जसपाले संसद अझै जीवित रहेको निष्कर्ष निकाल्दै संसद अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

    बैठकपछि पार्टीको संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले संसद अहिले पनि जीवित रहेको निष्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताएका छन् ।

    जसपासहित नेपाली कांग्रेस र नेकपा प्रचण्ड पक्षले समेत संसद विघटनविरुद्ध आन्दोलन गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend