काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट ‘आउट’ गर्ने निर्णय गरेको छ ।
मंगलवार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता नेपाललाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको हो ।
स्थायी कमिटी बैठकबाट गरिएको ओलीलाई हटाउने निर्णय प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीले अनुमोदन गर्ने भएको छ । यसअघिकै स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्ने निर्णय गरिसकेको छ ।
नेकपाको विधानमा २ अध्यक्ष रहने व्यवस्था रहेको छ । यसअघि नेकपामा ओली र प्रचण्ड अध्यक्ष थिए । पार्टी फुटको अवस्थामा पुगेपछि एकअर्का पक्षका नेतालाई हटाउने निर्णय भइरहेका छन् ।
ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।