शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

नेकपा फुटेको औपचारिक घोषणा आज, माधव नेपालको चिट्ठा खुल्यो, बामदेवलाई तनाव

नेकपा फुटेको औपचारिक घोषणा आज, माधव नेपालको चिट्ठा खुल्यो, बामदेवलाई तनाव

  • मिडिया डबली
  • मंगलवार, पौष ७ २०७७

  • 6.2K
    SHARES

  • नेकपा फुटेको औपचारिक घोषणा आज, माधव नेपालको चिट्ठा खुल्यो, बामदेवलाई तनाव

    काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको चौबाटोमा पुगेको नेकपामा समूहगत रूपमा बेग्लाबेग्लै भेला र बैठक भइरहेका छन् ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकअर्कामाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा रहेका छन् ।

    साढे २ वर्षअघि २०७५ जेठ ३ गते पार्टी एकताको ऐतिहासिक घोषणा गरेका २ पार्टी एकताको अढाई वर्षपछि विभाजनको संघारमा पुगेका हुन् । यद्यपि कारबाहीको घोषणा पहिला कसले गर्ने भन्ने मात्र बाँकी छ । दुवै पक्षले मंगलवार केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।

    अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै विघटित प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका प्रचण्ड–नेपाल समूहका नेताहरू यतिबेला प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारीमा छन् । प्रचण्ड–माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही अगाडि बढाएको पत्र निर्वाचन आयोगमा सोमवार पेश गरेका छन् ।

    घटनापछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक मंगलवार बिहान ९ बजे बोलाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्षीय विघटित प्रतिनिधि सभाका सदस्यहरूको भेला भएको थियो । भेलामा सहभागी विघटित प्रतिनिधि सभाका सदस्य विशाल भट्टराईका अनुसार भेलामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफ्नो हस्ताक्षर विनाको नेकपाको कुनै पनि ‘डकुमेन्ट’ले वैधानिकता नपाउने स्पष्ट पारे ।

    आफू र पार्टीभित्रको घेराबन्दीको चर्चा गर्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन र आम निर्वाचनको घोषणा गर्नुपर्ने कारणबारे बैठकमा चर्चा गरेका थिए । प्रचण्ड–नेपाल पक्षले आफूमाथि अनुशासनको कारबाही गर्ने भन्ने हल्लाबारे टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो हाँस्यास्पद कुरा हो । यस्ता निर्णय मन बुझाउनका लागि मात्र काम लाग्छ ।’

    अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय विघटित प्रतिनिधि सभाका सदस्यहरूको भेलामा पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरुद्ध एकताबद्ध भएर उभिन आह्वान गरेका छन् । भेलामा अध्यक्ष दाहालले भने, ‘कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन ।’ 

    प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटी सदस्य बेदुराम भुसालले मंगलवार बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची प्रधानमन्त्री एवं अध्यक्ष
    ओलीलाई अध्यक्षबाट हटाइने रहेको जानकारी दिए ।

    नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा विघटनको विरुद्धमा रहे पनि पार्टी फुटको साक्षी बस्न कतै नजाने बताएका छन् । उनले भने, ‘दुवैतर्फबाट भइरहेका भेला पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ ।’

    पार्टी एकीकरण गराउने मध्येका नेता भएका कारण अहिले पनि एकताको पक्षमा रहेको उनले स्पष्ट पारेका छन् । ‘प्रतिनिधिसभा भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु तर दुवैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरूको भेलामा नजाने भन्दै आएको हुँ,’ उनले भने, ‘अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरें । फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहने छु ।’

    प्रतिनिधिसभा विघटनपछि बदलिँदो राजनीतिक परिस्थितिको मूल्यांकन रणनीति तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वयले बेग्लाबेग्लै भेला राखेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान भेला डाकेका थिए ।

    अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ बानेश्वरस्थित संसद् भवनमा भेला राखेका थिए । बानेश्वरमा भएको प्रचण्ड समूहको भेलाले विघटित प्रतिनिधि सभाको नियमित काम अगाडि बढाउने निष्कर्ष निकालेको छ । सो भेलाले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई अस्वीकार गर्दै नेकपा संसदीय दलको बैठक बुधवार बोलाउने निर्णय गरेको छ ।

    भेलाद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधि सभाको नियमित कार्य अगाडि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ ।’

    अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार नेकपा केन्द्रीय समिति बैठक मंगलवार बबरमहलस्थित एक पार्टी प्यालेसमा बोलाइएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्षीय बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको भेला तीनकुनेस्थित एक पार्टी प्यालेसमा पुस ७ गते ११ बजे बोलाइएको छ ।

    ३ वर्षअघि २०७४ साल असोज १७ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीच वाम गठबन्धन बनाएर निर्वाचन लड्ने र निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गरिएको थियो । एउटै घोषणा पत्रबाट निर्वाचनमा उत्रिएका २ पार्टीले करीब दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेका थिए । यसलाई पार्टी एकताको अनुमोदनका रूपमा समेत नेताले व्याख्या गर्ने गरेका थिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend