शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

सानेपामा प्रमुख ३ दलको बैठक सकियो, यस्तो भयो सहमति

सानेपामा प्रमुख ३ दलको बैठक सकियो, यस्तो भयो सहमति

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 7.0K
    SHARES

  • सानेपामा प्रमुख ३ दलको बैठक सकियो, यस्तो भयो सहमति

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको संसद विघटन गरेपछि बसेको प्रमुख ३ दलको बैठकले एकजुट भएर अगाडि बढ्ने सहमति गरेको छ ।

    बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष समेत निकालेको छ ।

    नेपाली कांग्रेसको आह्वानमा पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) सहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको निष्कर्ष निकाल्दै सरकारले संविधानमाथि आक्रमण गरेको ठहर गरेको छ ।

    बैठकमा सहभागी ३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने निष्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    संसद विघटनविरुद्ध प्रतिवाद गर्ने स्पष्ट योजनाबारे भने मंगलवार ३ वटै पार्टीका केन्द्रीय कमिटी बैठकबाट निर्णय गरेपछि थप छलफल गर्ने सहमति भएको छ ।

    ओली सरकारले संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend