काठमाडौं – सत्ताको खिचातानीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ झगडा गरिरहेको बेला गाउँगाउँबाट समेत कम्युनिस्टहरू पत्तासाफ हुँदै गएका छन् ।
देशका विभिन्न भागमा नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्ने लहर चलेका बेला गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–५ ताक्लुङमा ८५ जना सक्रिय युवाहरू नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।
ताक्लुङका मास्किछाप, गुरुदुम, काहुले, तोरेन, भैसीपोल, पोखरीडाँडा, देउराली छापका युवाहरू नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपाको गढ मानिएको क्षेत्रका अधिकांश युवा कांग्रेसमा प्रवेश गरेपछि स्थानीय स्तरमा कम्युनिस्टको पत्तासाफ भएको छ ।
शहिद लखन गाउँपालिका–५ पार्टी संयोजक रितबहादुर थापाको अध्यक्षयता, नेपाली कांग्रेस पार्टी सभापति हरिबहादुर घलेको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस पार्टी सचिव नन्दप्रसाद न्यौपाने, कोषाध्क्षय कृष्णबहादुर आले, सहसचिव नारायण लामिछाने, पाटी परामर्श समिति सदस्य काशिनाथ अंगाई, क्षेत्र नम्बर १ सदस्य शरण श्रेष्ठ, तरुण दल जिल्ला अध्यक्षय आनन्द गुरुङ, तरुण दल क्षेत्रीय सभापति प्रविण बस्नेत, किसान संघ उपाध्यक्ष खुनप्रसाद रेग्मी, शहिद लखन गाउँपालिका–४ पाटी संयोजक राजन तिवारी, तरुण दल क्षेत्रीय सचिव भरत रेग्मी, तरुण भक्त ढकाल, विद्यार्थी मञ्च उपाध्यक्ष राजन श्रेष्ठ, नेपाल दलित विद्यार्थी संघ अध्यक्ष रचन परियार अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेसका शुभचिन्तक, बुद्धिजीवी, समाजसेवीको बाक्लो उपस्थिति रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।