शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

नेकपा अध्यक्ष प्रचण्ड कांग्रेस पार्टी कार्यालयमा प्रवेश

नेकपा अध्यक्ष प्रचण्ड कांग्रेस पार्टी कार्यालयमा प्रवेश

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 34.0K
    SHARES

  • नेकपा अध्यक्ष प्रचण्ड कांग्रेस पार्टी कार्यालयमा प्रवेश

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध साझा धारणा बनाउन र आन्दोलनका कार्यक्रम तय गर्न नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरू प्रवेश गरेका छन् ।

    नेकपा विवाद चर्किएका बेला ओलीसँग छलफल गर्न दिनहुँजसो बालुवाटार प्रवेश गरिराख्ने प्रचण्डले अब कांग्रेस पार्टी कार्यालय प्रवेश गर्नुपर्ने अवस्था आएको छ ।

    कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक शुरू भएको छ । कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षधर नेताहरू सहभागी छन् । 

    जनता समाजवादी पार्टीका नेताहरू पनि बैठकमा सहभागी छन् । आइतवार पनि ३ दलका नेताहरूबीच छलफल भएको थियो ।

    सोमवारको बैठकले संसद विघटनविरुद्ध साझा धारणा बनाएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जसपाका नेता डा. बाबुराम भट्टराईले जानकारी दिए ।

    ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ बैशाखमा आमनिर्वाचन गर्ने घोषणा गरेका थियो । संसद विघटन गर्ने सरकारको सिफारिस राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गरिसकेकी छन् । 

    संसद विघटनलाई असंवैधानिक कदम ठहर गर्दै ३ दलले यसविरुद्ध राजनीतिक प्रदर्शन र कानुनी उपचार खोज्ने तयारीमा छन् । सर्वदलीय बैठकअघि बसेको प्रचण्ड–नेपाल समूहका सांसदको बैठकले संसदको अधिवेशन आह्वान गर्न आग्रह गरेको थियो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले भने सोमबार देशसासीको नाममा सम्बोधन गर्दै आफ्ना एजेण्डा लिएर जनतामा जान प्रतिपक्षी दललाई आग्रह गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend