काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले खै कसले अनुशासनको कारवाही गर्ने रे भन्ने सुनेँ, प्रचण्डले मलाई के कारवाही गर्नु ? मैले उनको भन्दा १० वर्षअघि पार्टी सदस्यता लिएको हुँ भन्दै बालुवाटार बैठकमा बताएका छन् ।
उनले भने, यस्ता कारवाही त सीपी र आरके मैनालीले मलाई २०२८ सालमा पनि गरेका थिए । तर, पछि प्रहरीले खोज्ने बेला मलाईनै पार्टीको कमाण्डर ठानेर खोजेको जानकारी दिएका हुन् ।
ओलीले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । आफू निकट सांसदहरुको बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई अनुशासनको कारवाही गर्ने भन्ने हल्ला सुनेको भन्दै त्यस्ता निर्णय मनको चित्त बुझाउनलाई मात्र काम लाग्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।