काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सिंहदरबारको दक्षिण ढोकामा प्रदर्शनमा उत्रिएका १६ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छन् ।
मानव अधिकार तथा शान्ति समाजको आह्वानमा भएको आन्दोलनबाट अधिकारकर्मी पक्राउ परेका समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
प्रदर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मीहरू अमृतजंग महत, किरण ढकाल, ईश्वर पुडासैनी, महेश आचार्य, बच्चुराम शर्मा, माया भट्टराई, विकास थापा, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
‘असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध मानव अधिकार तथा शान्ति समाजले आन्दोलन प्रारम्भ गरेको छ,’ पौडेलद्वारा प्रेषित प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोका कारण प्रतिनिधिसभा विघटन हुनु निन्दनीय छ भने प्रतिनिधिसभा विघटन असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक भएको मानव अधिकार तथा शान्ति समाजको ठहर छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।