काठमाडौं – संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिट निवेदनको टुंगो नलाग्दै राष्ट्रपति भण्डारीविरुद्ध सर्वाेच्च अदालतमा अर्काे मुद्दा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपति भण्डारीले गरेको अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा ३ वटा निवेदन पेश भएका छन् ।
अरु पनि निवेदन पर्नसक्ने भन्दै सर्वोच्च अदालत प्रशासनले ती निवेदन सोमवार मात्रै दर्ता गर्ने जानकारी दिएको छ ।
सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीको एउटा निवेदन दर्ता भएको छ भने अधिवक्ताहरू समृत र सुलभ खरेलले अर्को निवेदन पेश गरेका छन् ।
अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अर्को निवेदन पनि पेश गरेका छन् । सोमवार नेकपाका केही नेताहरूको तर्फबाट रिट निवेदन दर्ताको तयारी भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
सबै निवेदनहरूमा प्रधानमन्त्री ओलीले गरेको सिफारिस र त्यसको अनुमोदन संविधानविपरीत भएकाले बदरको माग गरिएको छ भने तत्काल प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश हुनुपर्ने माग समेत गरिएको छ ।
आईतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी छन् । जसको नेकपाभित्रै र अन्य पार्टीले समेत विरोध गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।