शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

मध्यावधि चुनाव प्रचण्डसँगै मिलेर लड्ने ओलीको प्रस्ताव, प्रचण्ड रनभूल्ल !

मध्यावधि चुनाव प्रचण्डसँगै मिलेर लड्ने ओलीको प्रस्ताव, प्रचण्ड रनभूल्ल !

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 7.6K
    SHARES

  • मध्यावधि चुनाव प्रचण्डसँगै मिलेर लड्ने ओलीको प्रस्ताव, प्रचण्ड रनभूल्ल !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखका लागि तोकिएको मध्यावधि निर्वाचन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै मिलेर लड्ने प्रस्ताव गरेका छन् ।

    ओली नेतृत्वको मन्त्रिपरिषद्बाट प्रतिनिधिसभा विघटनको सिफारिस गरिएको थाहा पाउनेबित्तिकै बालुवाटार पुगेका प्रचण्डलाई ओलीले मिलेरै चुनाव लडेर जित्ने प्रस्ताव राखेका छन् ।

    ओलीसँग भएको कुराकानीबारे स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले मिलेर चुनाव लड्ने प्रस्ताव आएको जानकारी दिए ।

    ‘मैले संसद विघटनको जानकारी पाएपछि बालुवाटार पुगेको थिएँ । उहाँ (ओली) ले विघटन गर्ने त मैले निर्णय गरिसकें, जे हुनु भइहाल्यो, अब मिलेर चुनावमा जाऔं, एकताबद्ध भएर लडौं, जितेर आऔं भन्ने प्रस्ताव पो गर्नुभो,’ प्रचण्डले बैठकमा भने, ‘तपाईंले मिल्ने काम गर्नुभएको छ र सँगै मिलेर चुनावमा जाने ? अनि कसरी एकताबद्ध भएर जितेर आउने कुरा हुन्छ ? यत्रो च्यालेन्ज गर्ने जति काम गरिसकेपछि तपाईंले त्यस्तो प्रस्ताव गर्ने ? भनेर मैले भनें । 

    स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरुले भने बैठकमा कुनै सम्बोधन गरेनन् ।

    प्रचण्डको अध्यक्षतामा बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्नका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने सहितको २ बुँदे प्रस्ताव पारित गरेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend