काठमाडौं – नेकपाभित्र लामो समयदेखि जारी विवादमा अन्ततः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बन्न प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विश्वासको प्रस्ताव तयार पारेका थिए ।
आईतबार बिहानै संसद सचिवालयमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । सभामुख अग्नि सापकोटा आफ्नै पक्षका भएकाले प्रस्ताव छिट्टै प्रक्रियामा अगाडि बढ्ने प्रचण्डको विश्वास थियो ।
तर प्रधानमन्त्री ओलीले अर्कै चाल चले । ओलीले बिहानै मन्त्रिपरिषद् बैठक राखेर संसद विघटनको सिफारिस गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस स्वीकृत गर्दै आगामी बैशाखमा मध्यावधी निर्वाचन घोषणा गरेकी छन् ।
यसरी संसद विघटन हुँदा प्रचण्डको सांसद पद नै गुम्यो । नेकपा ८९ जना सांसदले ओलीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
चितवनबाट सांसद निर्वाचित प्रचण्डले प्रधानमन्त्री बन्न ओलीसँग थुप्रै पटक छलफल नै गरेका थिए । तर ओलीले लिखित सम्झौतालाई समेत लत्याउँदै आफू नै ५ वर्ष प्रधानमन्त्री बनिराख्ने अडान लिए । प्रचण्डलाई कार्यकारी अध्यक्षको ललीपप दिएपनि खुलेर काम गर्न दिएनन् ।
चुनावको मुखैमा समृद्धिको सपना बोकेर ओलीसँग मिल्न गएका प्रचण्ड अहिले पछुताइरहेका छन् । जनताले समेत विश्वास गरेर दिएको मतको अपमान भएको नेकपाकै नेताहरू बताउँछन् । अभागी प्रचण्ड समेत पछुताइरहेका होलान् । कांग्रेसले पाँचै वर्ष प्रधानमन्त्री हुन गरेको आग्रह लत्याउँदै ओलीतिर लागेका प्रचण्ड अहिले बेहाल अवस्थामा पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।