काठमाडौँ- संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् ।
त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले जानकारी दिए । उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको बुझिएको श्रोतले बताएको छ ।
तर गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा नदिने भएका छन्। उनीहरु २ जनाले प्रचण्डको साथ् छाडेका हुन् ।
यसैबीच माधव नेपाल समूहबाट मन्त्री भएकाहरुले भने राजीनामाबारे कुनै निर्णय नगरेको बुझिएको छ । उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने एक मन्त्रीले बताएका छन् ।
संसद विघटन गर्ने ओेलीको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुन, घनश्याम भुषाल, प्रदीप ज्ञवालीलगायतले विरोध गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।