बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

मृत्युपत्रमा हस्ताक्षर गर्नुभन्दा नेकपा बहिष्कार गर्ने केपी ओलीको निर्णय 

मृत्युपत्रमा हस्ताक्षर गर्नुभन्दा नेकपा बहिष्कार गर्ने केपी ओलीको निर्णय 

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 4.9K
    SHARES

  • मृत्युपत्रमा हस्ताक्षर गर्नुभन्दा नेकपा बहिष्कार गर्ने केपी ओलीको निर्णय 

    काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादबीच आज आईतबार स्थायी कमिटी बैठक बस्दैछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजे तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बालुवाटार स्रोतले जनाएको छ ।

    अध्यक्षद्वयबीच सहमति नभई र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव फिर्ता नभई बैठकमा सहभागी नहुने अडानमा रहेका ओलीले आज पनि नेकपा बैठक बहिष्कार गर्ने स्रोतले जनाएको छ ।

    ओलीले आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्ने बैठकमा सहभागी नहुने जानकारी हिजो शनिबार नै कार्यकारी अध्यक्ष प्रचण्डलाई दिइसकेका छन् । प्रचण्ड पक्षले ओलीको राजीनामा माग्दै आएको छ ।

    प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सहमती गराउनका लागी नेताहरु सक्रिय रहे पनि हालसम्म कुनै ठोस निष्कर्ष निस्केको छैन । आजको बैठकअघि दुबै नेताबीच सहमति भए मात्र ओली बैठकमा सहभागी हुने जनाइएको छ । तर कार्यकारी अध्यक्ष प्रचण्डलाई ओलीसँग सहमति नगर्न वरिष्ठ नेता माधव नेपालले समेत दबाब दिएको छ ।

    प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएपछि बैठक अघि बढाउने वा के गर्ने भन्ने विषयमा  प्रचण्ड र नेपाल समूहले समेत ठोस धारणा बनाएको छैन । प्रचण्ड समूहले आफूसँग बहुमत भएको दाबी गरे पनि निर्णायक कदम चाल्न भने सकिरहेका छैनन् । ओली सहमति नभएको बैठक यसअघि स्थगित हुँदै आएको थियो ।

    प्रधानमन्त्री ओलीले शनिबार पार्टीका शीर्ष नेताहरूलाई भेटेर फरक–फरक प्रस्ताव गरेपछि नेकपाभित्र त्यसको तरंग छाएको छ । प्रधानमन्त्री ओलीले आफूले एक पद छोड्नुपर्ने अवस्थामा उपाध्यक्ष वामदेव गौतमलाई छोड्ने संकेत पनि गरेका छन् । त्यसमा कार्यकारी अध्यक्ष प्रचण्ड र नेपालले हालसम्म मुख खोलेका छैनन् ।

    गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई साझा प्रस्ताव ल्याउन समेत ओलीले प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीलाई पछिल्लो समय पूर्व माओवादी नेताहरू थापासहित टोपबहादुर रायामाझी, हरिबोल गजुरेल, मणि थापा र लेखराज भट्टको साथ रहेको पाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend