शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

केपी ओली पक्षलाई खुला धम्की : ‘बहुमतको हस्ताक्षर खल्तीमा छ, एक्सन लिन तयार छौं’

केपी ओली पक्षलाई खुला धम्की : ‘बहुमतको हस्ताक्षर खल्तीमा छ, एक्सन लिन तयार छौं’

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 4.1K
    SHARES

  • केपी ओली पक्षलाई खुला धम्की : ‘बहुमतको हस्ताक्षर खल्तीमा छ, एक्सन लिन तयार छौं’

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किंदै गइरहेका बेला अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष एकअर्कालाई धम्कीपूर्ण चेतावनी दिँदै आएका छन् ।

    शनिवार पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थीको भेलामा पनि ओली पक्षको चर्काे विरोध गरिएको छ ।

    प्रदेश, जिल्ला तथा विभिन्न क्याम्पसका विद्यार्थी नेताहरू सहभागी भएको भेलामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका सहसंयोजक रञ्जित तामाङ प्रमुख अतिथि थिए । तामाङ प्रचण्ड पक्षीय विद्यार्थी नेता हुन् ।

    ‘अनेरास्ववियूलाई बदनामी गर्ने र संगठनलाई फुटाउनका निम्ति नेतृत्वले देशैभरि वातावरण तयार गर्ने हो भने बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर खल्तीमा बोकेर हिँडेका छौं,’ तामाङले भने, ‘जुनसुकै बेला एक्सन लिन तयार छौं । अनेरास्ववियूलाई मण्डले विद्यार्थी संगठन बनाउँन दिँदैनौं ।’

    केही दिनअघि अनेरास्ववियूका संयोजक ऐन महरको उपस्थितिमा पोखराको लिचिबोट पार्टी प्यालेसमा ओली निकट विद्यार्थीहरूको प्रदेशस्तरीय भेला भएको थियो । त्यसतर्फ संकेत गर्दै तामाङले गुटकै भेला गर्ने हो आफ्नो पक्षले पोखरामा हजारौं विद्यार्थी उतारेर भेला गर्न सक्ने बताएका छन् ।

    पार्टी र संगठन नेतृत्वको चर्को आलोचना गरेका तामाङले केपी ओली पक्ष पार्टी एकताको विपक्षमा रहेका आरोप लगाएका छन् । ‘एकताको पक्षमा उभिनुस् । एकता चाहने भए अध्यादेश ल्याउँदा पार्टीको सहकार्य, सहमति टुट्छ, अन्तसंघर्ष झनै पेचिलो बन्छ भनेर किन नबोलेको ?’ उनले भनेका छन् ।

    पार्टी, सरकार र विद्यार्थी संगठन सबैतिर यतिबेला ओली पक्षको मन अत्तालिइरहेको बताउँदै उनले परिस्थितिको सामाना गर्न र ओली प्रवृतिबाट संगठनलाई बचाउन विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

    विद्यार्थी नेता तामाङ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथि आक्रामक देखिएका थिए । सरकार र पार्टीको समेत नेतृत्व गरिरहेका ओलीलाई सञ्चो नभएको बताउँदै उनले भने, ‘कहिले सचिवालय भनेको भेडाहरूको गोठ भन्नुहुन्छ, कहिले कुन समितिलाई के भन्नुहुन्छ । आफ्नै कमिटीलाई भनेको र चयन गरेका शब्द सुन्दा पनि लाग्छ, उहाँलाई केही न केही सञ्चो छैन ।’

    पार्टीमा ओली अल्पमतमा परिसकेकाले दुवै पद छाड्नुपर्ने समेत तामाङले बताए । कहिले वामदेवको कार्ड फालेको भन्दै तामाङले जुनसुकै कार्ड खेले पनि काम नलाग्ने बताएका छन् । प्रधानमन्त्री ओलीको विपक्षमा ११० सांसद रहेको भन्दै तामाङले प्रधानमन्त्री ओलीले अध्यादेश ल्याए ८३ जनाको हस्ताक्षर कुनै पनि बेला शीतलनिवास पुग्ने दाबी गरेका छन् ।

    कार्यक्रममा प्रचण्ड–नेपाल पक्षीय विद्यार्थी नेता सन्तोष न्यौपानेले विद्यार्थीहरू एउटा खल्तीमा अबिर र अर्को खल्तीमा कालो मोसो लिएर हिँडेको बताए । ‘जसले एकतालाई जोड्छ, अबिर लगाउँछौं । जसले टुक्राउन खोज्छ उसका लागि कालोमोसो दल्छौं,’ उनले भने, ‘संगठन र एकतालाई जोड्ने कि भाँड्ने आफैं विचार गर्नुहोस् ।’ अनेरास्ववियू कास्की जिल्ला सहसंयोजक वसन्त भट्टचनले एकता विरोधी तत्वविरुद्ध एकढिक्का भई प्रतिरोधमा उत्रने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend