शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

पार्टी फुटाउन तम्तयार छन् ओली–प्रचण्ड ! भित्रभित्रै हुँदैछ यस्तो अभ्यास

पार्टी फुटाउन तम्तयार छन् ओली–प्रचण्ड ! भित्रभित्रै हुँदैछ यस्तो अभ्यास

  • मिडिया डबली
  • शनिवार, पौष ४ २०७७

  • 4.9K
    SHARES

  • पार्टी फुटाउन तम्तयार छन् ओली–प्रचण्ड ! भित्रभित्रै हुँदैछ यस्तो अभ्यास

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अन्तर्संघर्ष बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी फुटाउने तयारीसहित अभ्यास अगाडि बढाएका छन् ।

    ओली–प्रचण्ड दुवै पक्षले देशव्यापी रुपमा समूहगत भेलालाई तीव्रता दिएका छन् ।

    कात्तिक दोस्रो हप्ताबाट शुरू भएको दुवै पक्षको भेलाको श्रृंखला प्रदेश हुँदै जिल्ला र जनसंगठनमा विस्तार भएको छ । एक–डेढ महिनाकै बीचमा घोषित रुपमै १ दर्जनभन्दा बढी औपचारिक भेला भएका छन् भने दुवै पक्षले अर्कालाई सिध्याउने गरी स्थानीय तहसम्म अन्तर्संंघर्ष चर्काउन निर्देशन समेत दिएका छन् ।

    प्रचण्ड–नेपाल समूहले शुक्रवार पेरिसडाँडास्थित जनसंगठनहरूको केन्द्रीय कार्यालयमा १ नम्बर प्रदेश अन्तर्गत १४ जिल्लाका पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको भेला गरेको छ । भेलामा १ नम्बर प्रदेशका १४ जिल्लाका उपलब्ध केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीसहित ६५ जनाको सहभागिता रहेको थियो ।

    बागमती प्रदेशका जिल्लाहरूको प्रदेश भेला गरेर निरन्तरता दिँदै प्रचण्ड समूहले अर्को समूहगत भेला गरेको छ । भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र १ नम्बर प्रदेशका इन्चार्ज भीम आचार्य लगायतले व्यक्तिवादविरुद्ध विधि र पद्धतिका पक्षमा चर्किएको अन्तर्संघर्षलाई तलसम्म संगठित रूपले विस्तार गर्न निर्देशन दिएका छन् । दुवै पक्षबीच भेला गर्ने होडबाजी तल्लो तहसम्म झन्झन् बढ्दै गएको छ । 

    यसअघि प्रचण्ड समूहले गत मंसिर २५ गते बागमतीअन्तर्गत १३ जिल्लाका जिल्ला इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवहरू सहभागी भेला गरेको थियो । बागमती प्रदेशमा प्रचण्ड–नेपाल समूहको ८ जिल्ला संयोजक छन् । जसमा प्रचण्ड समूहबाट रामेछाप, काभ्रे, चितवन र सिन्धुली तथा नेपाल समूहबाट सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र मकवानपुरमा जिल्ला संयोजक छन् । 

    ओली समूहबाट काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ र दोलखामा जिल्ला संयोजक छन् । भेलामा प्रदेश कमिटी र जिल्ला कमिटीहरूमा बहुमतसहितको राम्रो पकड रहेको र यसलाई वैचारिक संघर्षकै रूपमा तलसम्म पुर्‍याउन नेताहरूले निर्देशन दिने गरेका छन् ।

    गत मंसिर २८ गते प्रधानमन्त्री ओलीको गृहनगर दमकमा प्रचण्ड–नेपाल समूहले १ नम्बर प्रदेशका विद्यार्थीको भेला गरेको थियो । भेलालाई केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, केन्द्रीय सदस्य महेश रेग्मी, शिवकुमार मण्डल लगायतले सम्बोधन गरेका थिए । भेलामा प्रदेशभरका करीब ५०० विद्यार्थी सहभागी रहेका थिए । 

    मंसिर २७ गते ओली पक्षले मोरङको सुन्दरहरैंचामा भेला आयोजना गरेको थियो । पार्टी एकताका लागि युवा अभियान १ नम्बर प्रदेश नाम दिएर गरिएको भेलामा पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै उनले एकताको मर्मविपरीत नजान प्रचण्ड–माधव समूहका नेतालाई चेतावनी दिएका थिए ।

    उनले पार्टी एकताको महाधिवेशन गर्न बनेको अन्तरिम कमिटीले अल्पमत र बहुमतको विषय ल्याउन नहुने बताएका थिए । 

    त्यही दिन मोरङको गोठगाउँमा पनि शक्ति प्रदर्शनसहित ओली पक्षले युवाको भेला सम्पन्न गरेको थियो । गोठगाउँमा भएको भेलामा ओली पक्षका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए । ओली समूहले झापाको दमक, बिर्तामोड, मेचीनगर र भद्रपुरमा पनि गुट भेला गर्ने तयारी गरिरहेको छ ।

    प्रचण्ड–नेपाल समूहले मंसिर ३० गते १ नम्बर प्रदेशको राजधानी विराटनगरमा जिल्लास्तरीय युवा र विद्यार्थीको भेला गरेको थियो । 

    त्यसअघि प्रधानमन्त्री ओलीले कात्तिक १९ गते पहिलोपटक जुममार्फत १ नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेला आयोजना गरेका थिए । लगत्तै प्रचण्ड–नेपाल समूहले पनि मंसिर १० गते सुनसरीको इटहरीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो । 

    मंसिर १९ गते प्रचण्ड–नेपाल समूहले थापाथली क्याम्पसमा विद्यार्थी भेला गरेको थियो । मदन भण्डारी कलेजमा ओली समूहको विद्यार्थी भेला सम्पन्न भएलगत्तै प्रचण्ड–नेपाल समूहले पनि उस्तै भेला गरेर काउन्टर गरेपछि अहिले पनि दुवै पक्षले कुनै न कुनै भेला गरिरहेका पाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend