शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

केपी ओली पार्टी फुटाउँदैछन्, हामी जे जे गर्नुपर्ने हो, सबै गर्छौं : प्रचण्ड

केपी ओली पार्टी फुटाउँदैछन्, हामी जे जे गर्नुपर्ने हो, सबै गर्छौं : प्रचण्ड

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 5.0K
    SHARES

  • केपी ओली पार्टी फुटाउँदैछन्, हामी जे जे गर्नुपर्ने हो, सबै गर्छौं : प्रचण्ड

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी एकपछि अर्काे कदम चालेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलासा गरेका छन् ।

    पार्टी कार्यालय पेरिसडाँडामा १ नम्बर प्रदेशका नेताहरूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने घोषणा गरेका छन् ।

    उनले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले ओलीले कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताए । ओलीसँग अध्यादेश फिर्ता गर्नेबाहेक अर्को विकल्प नभएको प्रचण्डले दाबी गरे ।

    ‘असंवैधानिक र अराजनीतिक अध्योदश फिर्ता गर्ने पार्टी निर्णय हो, यसको अवज्ञा गरिए हामी एक्सनमा जान्छौं,’ उनले भने । 

    ओलीले पार्टी फुटाउन खोजेपनि पार्टी जोगाउँदै ओलीले चाल्ने गलत कदमविरुद्ध जुनसुकै विकल्पमा जान आफूहरू पनि तयार रहेको प्रचण्डले बताएका छन् । ‘जे जे गर्नुपर्ने हो, त्यो सबै गर्छौं । धेरै कुरा यहाँ नभनौं,’ उनले कार्यक्रममा भने ।

    प्रचण्डले अब २ अध्यक्ष भनेर पार्टी नचल्ने निष्कर्ष सुनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘पार्टी एकीकरणपछि दुई अध्यक्ष भएर धेरै निर्णय गरियो । तर उहाँ (ओली) को धोका दिने, अपमान गर्ने प्रवृत्ति रोकिएन,’ उनले भने, ‘मैले अब दुई अध्यक्ष मिलेर सचिवालयकै ७ जना वरिष्ठ नेताहरूलाई धोका दिन्न ।’ २ मिल्दा ७ नेता एकातिर हुने अवस्था तोडेर आफू ८ जना बन्न तयार भएको प्रचण्डले बताएका छन् ।

    ‘दुई अध्यक्ष मिलौं भन्ने र अरु नेताहरूलाई बाइपास गर्ने काम हुँदै आयो, मलाई पनि धोका भइरहने अवस्था भयो । त्यसैले मैले २ होइन, ८ हुन चाहें,’ उनले भने ।

    लामो समय सैद्धान्तिक विषयमा बोलेका प्रचण्डले पूर्व एमाले र पूर्व माओवादी भन्ने सोच नै नराख्न आग्रह गरेका छन् । पेरिसडाडाँमा भएको भेलामा १ नम्बर प्रदेशका प्रचण्ड र माधव नेपाल पक्षका जिल्ला अध्यक्ष, सचिव र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend