शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

ओली–प्रचण्डको झगडाले नेकपामा पहिरो, १५० बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

ओली–प्रचण्डको झगडाले नेकपामा पहिरो, १५० बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 10.2K
    SHARES

  • ओली–प्रचण्डको झगडाले नेकपामा पहिरो, १५० बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच झगडा चलिरहेका बेला पार्टीमा एकपछि अर्काे पहिरो जाने क्रम जारी रहेको छ ।

    विभिन्न जिल्लामा नेकपा नेता कार्यकर्ता पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् । शुक्रबार नेपाल तरुण दल ललितपुर १ नम्बर निर्वाचन क्षेत्रले चापागाउँमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेकपाबाट १५० भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि तरुण विभाग प्रमुख प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका छन् ।

    कार्यक्रममा विशिष्ठ अतिथि ललितपुर जिल्ला सभापति तथा पूर्व सांसद मदनबहादुर अमात्य, पूर्व अर्थराज्यमन्त्री तथा तरुण दल पूर्व अध्यक्ष उदयशम्सेर राणा, महासमिति सदस्य ऋषिराम घिमिरे, महाधिवेशन प्रतिनिधि खेमप्रसाद घिमिरे, जिल्ला सदस्यहरू रबिन्स शर्मा, गणेश केसी, रामकृष्ण हुमागाई, क्षेत्रीय सभापति राजन घिमिरे, सानुकान्छा मोक्तान, प्रभाकर पोखरेल, सानुभाई पहरी, प्रदेश निर्वाचन क्षेत्र १ सभापति सुन्दरमान थिङ, प्रदेश निर्वाचन क्षेत्र २ सभापति रामकृष्ण लामा (ईन्द्र) लगायत थुप्रै नेताको उपस्थिति  थियो ।

    कार्यक्रममा गोदावरी नगरपालिकाका उपमेयर मुन्ना अधिकारी, बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन, गोदावरी नगरपालिकाको ७ नम्बर वडाध्यक्ष गिरीप्रसाद तिमल्सिना, ६ नम्बर वडाध्यक्ष विष्णुमान महर्जन, वडाध्यक्ष विजयकुमार लों, तिर्थ घलान, तिलक बोम्जन समेतको उपस्थिति रहेको थियो ।

    प्रवेश कार्यक्रम नेपाली कांग्रेस युवा नेता केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनको विशेष भूमिका रहेको जनाइएको छ । महर्जन ललितपुरमा निकै लोकप्रिय नेता मानिन्छन् ।

    नेकपाभित्र विवाद चर्किएको र जनताका सामान्य समस्यालाई पनि ध्यान नदिएको देखेर कार्यकर्ताहरू वाक्क हुँदै कांग्रेसमा प्रवेश गरिरहेका छन् । कम्युनिस्टहरूले चुनावका बेला गरेका वाचा पूरा नगरेपछि कांग्रेस पार्टीप्रति कम्युनिस्टकै कार्यकर्ताले भरोसा गर्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend