बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

पूर्व माओवादी मुख्यालय पेरिसडाँडामा बन्यो केपी ओलीविरुद्ध नयाँ ‘प्लान’

पूर्व माओवादी मुख्यालय पेरिसडाँडामा बन्यो केपी ओलीविरुद्ध नयाँ ‘प्लान’

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 5.9K
    SHARES

  • पूर्व माओवादी मुख्यालय पेरिसडाँडामा बन्यो केपी ओलीविरुद्ध नयाँ ‘प्लान’

    काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व माओवादीको मुख्यालय रहेको पेरिसडाँडामा गुट भेला गरेर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘प्लान’ बनाएका छन् ।

    प्रचण्ड–नेपाल पक्षीय भेलाले प्रधानमन्त्री ओलीले तत्काल अध्यादेश नलिए थप कदम चाल्ने निचोड निकालेको छ ।

    नेकपाको केन्द्रीय कार्यालय समेत रहेको पेरिसडाँडामा आज शुक्रवार भएको १ नम्बर प्रदेशका नेताहरूको भेलामा ओलीविरुद्ध थप कडा हुने निष्कर्ष निकालिएको एक केन्द्रीय सदस्यले बताए ।

    अध्यादेश फिर्ता लिन आनाकानी गरिरहेको बेला भएको भेलामा ओलीविरुद्ध थप कडा कदम चाल्ने विषयमा सहमति भएको जनाइएको छ । प्रधानमन्त्री ओली विधि, पद्धति, नैतिकता, वचन र राजनीतिबाट स्खलन भएकाले ओलीलाई ठेगान लगाउनुपर्ने नेताहरूको निष्कर्ष रहेको स्रोतले जनाएको छ ।

    भेलामा सहभागी नेताहरूले ओलीका कारण सरकार बदनाम हुँदा पार्टीलाई नराम्रो असर परेको सुनाएका थिए । ‘सरकारले गलत काम गर्दा हामीहरू गाउँमा जानै नसक्ने भएका छौं,’ भेलामा सहभागी नेताहरूको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘देश र पार्टीको रक्षाका लागि ओलीलाई ठेगान लगाउनुको विकल्प छैन ।’

    भेलालाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र नेपालले सम्बोधन गरेका थिए । शीर्ष नेताहरूले नेकपा विभाजित हुन नदिने र गलत प्रवृत्तिका विरुद्धमा लडिरहने प्रतिबद्धता जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend