बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

केपी ओलीविरुद्ध विद्या भण्डारीको अफिसमा धर्ना बस्ने तयारी गर्दै प्रचण्ड–नेपाल समूह

केपी ओलीविरुद्ध विद्या भण्डारीको अफिसमा धर्ना बस्ने तयारी गर्दै प्रचण्ड–नेपाल समूह

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 7.7K
    SHARES

  • केपी ओलीविरुद्ध विद्या भण्डारीको अफिसमा धर्ना बस्ने तयारी गर्दै प्रचण्ड–नेपाल समूह

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा विवादित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने वचन दिएका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएका छन् ।

    जारी स्थायी कमिटी बैठकमा ओलीले अध्यादेश फिर्ता लिने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीको अफिस शितलनिवासमा पुगेको हस्ताक्षर फिर्ता लिने सहमति भएको थियो ।

    सहमति अनुसार प्रचण्ड–नेपाल पक्षका नेताहरू भीम रावल र पम्फा भुसाल त्यसै दिन शितलनिवासबाट फिर्ता भएर घरतिर लागे । ओलीविरुद्ध संसदको विशेष अधिवेशन माग गर्ने प्रचण्ड–नेपाल समूहको प्रयास त्यति नै बेला फिर्ता भयो, तर ओलीले अझै अध्यादेश फिर्ता गरेका छैनन् ।

    बिहीबार साँझ भएको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ताको निर्णय हुने अपेक्षा गरिएपनि त्यसबारे कुनै जानकारी दिइएको छैन । बिहीबार दिउँसो भएको भेटवार्तामा समेत प्रचण्डले ओलीलाई अध्यादेश फिर्ताको निर्णय गराउन सचेत गराएका थिए । तर ओलीले एकपल्ट राष्ट्रपति भण्डारीलाई भेटेर मात्रै अध्यादेश फिर्ताको निर्णय गर्ने अडान लिएका छन् । 

    यसरी ओलीले दिएको वचन पूरा नगरेर धोका दिएको भन्दै प्रचण्ड–नेपाल पक्ष आक्रोशित बनेको छ भने ओलीविरुद्ध योजना बनाइरहेको छ । त्यसको संकेत गरेका छन् नेकपा नेता विष्णु रिजालले ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टीमा निर्णय भएपछि त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्दा मात्रै अविश्वास र असहमति कम गर्न सकिन्छ । प्रधानमन्त्रीले अध्यादेश तत्काल फिर्ता नलिए संसद्को विशेष अधिवेशन आह्वानका लागि सांसदहरू फेरि शीतलनिवास पुगेको दृश्य देख्नुपर्ने नै छ । दुनियाँ हँसाएर र आफ्नै विश्वसनीयता यति तल झारेर स्वयम् व्यक्ति र पार्टीलाई के फाइदा होला र ?’

    131639741_846541536182656_3314369085236983767_n.jpg

    प्रचण्ड–नेपाल पक्ष पुनः राष्ट्रपति भण्डारीको अफिस शितलनिवास पुगेर धर्ना बस्ने संकेत नेता रिजालले दिएका छन् । यसअघि बुधबार दिउँसो शितलनिवास पुगेका भीम रावल र पम्फा भुसालको निवेदन दर्ता नभएपछि रातिसम्म धर्ना दिएका थिए । ओलीको जिद्दीले नेकपा विवाद झन् उत्कर्षमा पुग्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend