शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्ध खनिए बाबुराम भट्टराई, बालुवाटार देखि शितलनिबाशमा सन्नाटा !

राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्ध खनिए बाबुराम भट्टराई, बालुवाटार देखि शितलनिबाशमा सन्नाटा !

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 3.9K
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्ध खनिए बाबुराम भट्टराई, बालुवाटार देखि शितलनिबाशमा सन्नाटा !

    काठमाडौं - संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली सर्वाधिक विवादमा तानिएका छन् । गत वर्ष वैशाखमै ल्याएको अध्यादेश फेरि आफू अनुकूल प्रयोग गर्न प्रधानमन्त्रीले ल्याएपछि उनी विवादमा तानिएका हुन् ।

    यो प्रकरणमा भण्डारी र ओली मुछिएपछि दुवैलाई हटाउन चौतर्फी आवाज उठेको छ । बुधबार मात्रै नेपाल तरुण दलले ओलीलाई अविश्वास प्रस्ताव र भण्डारीलाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरेको छ ।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई महाअभियोग र अविश्‍वास प्रस्तावबाट हटाउनुपर्ने टिप्पणी गरेका छन् ।

    भट्टराईले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जोडी कायम रहेसम्‍म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने बताएका छन् । संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्‍वास प्रस्तावबाट नहटाए इतिहासले क्षमा नगर्ने उल्‍लेख गरेका छन् ।

    ‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके,’ भट्टराईले शुक्रबार बिहान ट्‍वीट गरेका छन् ‘अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग,अविश्‍वासलगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend