शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

प्रचण्डले जुनसुकै बेला जेल जानुपर्ने सम्भावना, नेकपाकै प्रमुख सचेतकको यस्तो खुलासा

प्रचण्डले जुनसुकै बेला जेल जानुपर्ने सम्भावना, नेकपाकै प्रमुख सचेतकको यस्तो खुलासा

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 5.6K
    SHARES

  • प्रचण्डले जुनसुकै बेला जेल जानुपर्ने सम्भावना, नेकपाकै प्रमुख सचेतकको यस्तो खुलासा

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा भएको तत्कालीन सशस्त्र द्वन्द्वका मुद्दा समाधान नभएकाले प्रचण्डले जेल जानुपर्ने सम्भावना रहेको खुलासा भएको छ ।

    नेकपाका प्रमुख सचेतक समेत रहेका पूर्व माओवादी पक्षीय नेता देव गुरुङले शान्ति प्रक्रिया अझै टुंगोमा नपुगेकाले पूर्व माओवादी नेताहरू जुनसुकै बेला जेल जानुपर्ने अवस्था आउन सक्ने सम्भावना प्रस्ट पारेका छन् ।

    बिहीवार बुटवलमा आयोजित कार्यक्रममा नेता गुरुङले पूर्व माओवादी पार्टीका करीब ७ हजार नेता कार्यकर्तामाथि अझै पनि सशस्त्र द्वन्द्वकालका करीब ४०० मुद्दा बाँकी रहेकाले कुन बेला जेल जानुपर्ने हो ठेगान नभएको बताए ।

    यसअघि प्रचण्डले एउटा कार्यक्रममा ५ हजार व्यक्ति हत्याको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले केही दिनअघि सचिवालय बैठकमा पेश गरेको लिखित दस्तावेजमा उल्लेख गरेका छन् । नेकपाभित्र विवाद चर्किरहेका बेला नेता गुरुङले कोट्याएको जेल जाने कुरा अर्थपूर्ण हुनसक्ने राजनीतिक वृत्तमा चर्चा सुरू भएको छ ।

    ‘द्वन्द्वकालका मुद्दा हल हुन दिइएको छैन, अझै ७ हजार नेता–कार्यकर्ताको नाममा झण्डै ४०० मुद्दा जस्ताको त्यस्तै छन्,’ गुरुङले भने, ‘विभिन्न हत्कन्डा अपनाएर कुन बेला जेल जानुपर्छ ठेगान छैन ।’ 

    नेता गुरुङले पार्टीमा मतभेद हुने बित्तिकै फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढेको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट आफ्नो राजीनामा माग्नु यदुवंशी प्रवृत्ति भएको समेत उनले औंल्याए । ‘मेरो राजीनामा माग्नु व्यक्तिगत मामिला हैन, पार्टीले संस्थागत निर्णय गरेर आउनुपर्नेमा त्यो नहुनु चिन्तनमा गम्भीर विचलन हो,’ गुरुङले भने, ‘यस्तो विचलनले दुर्घटना निम्तिन सक्छ ।’

    आफूलाई प्रमुख सचेतक पद कसैको व्यक्तिगत चाहनाले नभई पार्टीले संस्थागत निर्णय गरेर दिएको भन्दै गुरुङले पार्टीको निर्णय विना राजीनामा नदिने स्पष्ट पारेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend