बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

विद्या भण्डारीलाई नभेट्दासम्म अध्यादेश फिर्ता नलिने केपी ओलीको अडान

विद्या भण्डारीलाई नभेट्दासम्म अध्यादेश फिर्ता नलिने केपी ओलीको अडान

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 6.1K
    SHARES

  • विद्या भण्डारीलाई नभेट्दासम्म अध्यादेश फिर्ता नलिने केपी ओलीको अडान

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नभेट्दासम्म संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिने अडान लिएका छन् ।

    बुधबारको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने वचन दिएपनि ओलीले बिहीबार साँझसम्म अध्यादेश फिर्ता लिएका छैनन् । बरु ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा राष्ट्रपति भण्डारीसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिने जानकारी दिएका छन् ।

    विवादास्पद अध्यादेश फिर्ता नलिई आज बिहीबार साँझ ५ बजे संवैधानिक परिषद्को बैठक आह्वान गरिएपछि आक्रोशित बनेका प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्ड बालुवाटार पुगेपछि ओलीले बैठक स्थगित गरेका छन् तर अध्यादेश फिर्ता लिएका छैनन् ।

    अध्यक्ष प्रचण्डले बिहीबारै साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन भनेका थिए । तर ओलीले एकपटक राष्ट्रपतिलाई भेटेपछि मात्रै फिर्ता लिने जनाएका छन् ।

    ओलीले अध्यादेश सिफारिस गरेर राष्ट्रपति भण्डारीले फटाफट जारी गर्ने भएपनि फिर्ता लिने प्रक्रियामा भने ढिलाइ गरिरहेका छन् । अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद् बैठकपछि राष्ट्रपतिबाट अध्यादेश फिर्ताको औपचारिक निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend