काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदर्शन गरिरहेको गाईजात्रा बन्द गर्न राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले उपदेश दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले ओली–प्रचण्डलाई आपसी विवाद बन्द गर्न आग्रह गरेका हुन् ।
थापाले ‘गणतन्त्रका धज्जी उडाए’को देखेर राजसंस्थाका पक्षधर आफूहरूलाई समेत लाज लागेको टिप्पणी गरे । दुवै अध्यक्षलाई उनले कमसेकम लोकलाजको ख्याल राख्न समेत आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘अब अति भो, गाईजात्रा बन्द गर्नुहोस्, हामीजस्ता राजसंस्था सहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनुहोस्, हिजो हिमालय पर्वत जस्तो भीमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।