आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीसँग सहमति गरेपछि प्रचण्डविरुद्ध उत्रिए माधव नेपाल

केपी ओलीसँग सहमति गरेपछि प्रचण्डविरुद्ध उत्रिए माधव नेपाल

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 4.8K
    SHARES

  • केपी ओलीसँग सहमति गरेपछि प्रचण्डविरुद्ध उत्रिए माधव नेपाल

     काठमाडौं – सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको छ। हिजो स्थायी समिति बैठक बस्नुअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक सहमति भएपछि त्यसबारे वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा आफ्नो भिन्न धारणा राखेका थिए।

    दिउँसो १ बजे बस्ने भनिएको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली नआएपछि प्रचण्ड ओली कहाँ गए। एकखाले सहमति गरेपछि मात्रै ओली बैठकमा सहभागी भए। प्रचण्डलाई साथ दिँदै आएका वरिष्ठ नेता नेपालले ओलीसँग गरेको सहमतिबारे आपत्ति जनाए।

    माधव नेपाल दुई अध्यक्षको मनलाग्दीले पार्टी नचल्ने, त्यस्ता समझदारीलाई पार्टी कमिटीमा ल्याउनैपर्ने कडा रुपमा प्रस्तुत भए। बैठकमा कुनै छलफल नगरी एक्लाएक्लै गरेको सहमति मान्न नसक्ने नेपालको अडान छ। उनले पार्टी कमिटिको निर्णय चल्ने कि दुई अध्यक्षको भन्दै प्रश्न गरेका छन्।

    उनले पार्टीभित्र विधि, पद्धति र नीतिका आधारमा पार्टी नचल्ने र यसैगरी अध्यादेश ल्याउने, मनलाग्दी पाराले पार्टी चलाउने हो भने त्यसलाई स्वीकार गर्न नसकिने बताएका थिए। माधव नेपालको यो अभिव्यक्तिसँगै प्रचण्ड संकटमा परेका छन्। ओलीविरुद्धको रणनीतिमा प्रचण्डलाई साथ दिएका नेपालले आपत्ति जनाएसँगै प्रचण्डलाई आपत्ति आइलागेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend