सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

केपी ओलीले ‘कर्के नजर’ लगाउँदा बामदेव गौतम मख्ख !

केपी ओलीले ‘कर्के नजर’ लगाउँदा बामदेव गौतम मख्ख !

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 4.6K
    SHARES

  • केपी ओलीले ‘कर्के नजर’ लगाउँदा बामदेव गौतम मख्ख !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको जालमा फस्दै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतम फेरि मख्ख परेका छन् ।

    बुधबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले भावी प्रधानमन्त्री भन्दै बामदेव गौतमतिर कर्के नजरले हेरेका थिए । ओलीले गौतमको नाम भने लिएनन् ।

    यसअघि समेत ओलीले गौतमलाई प्रधानमन्त्री बन्न अफर गर्दै आए पनि धोका दिँदै आएका थिए । यसपालि पनि ओलीले कर्के नजर लगाउँदै भावी प्रधानमन्त्री भनेपछि गौतम मख्ख परेका छन् । 

    स्थायी कमिटी बैठकपछि आफू निकट नेताहरूसँग छलफल गर्दै उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा हेरेको सन्दर्भ सुनाएका छन् । तर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने यसलाई कमजोर बुझाइको रुपमा लिन्छन् ।

    प्रधानमन्त्री ओलीले वर्तमान प्रतिनिधिसभाको कार्यकालभर आफू नै प्रधानमन्त्री हुने अडान लिँदै आएका छन् । बुधबारको बैठकमा समेत ओलीले यही अडान दोहोर्‍याएका थिए । तर अर्काे चुनावमा नेकपाले जितेमा आफू प्रधानमन्त्री नहुने र हालसम्म प्रधानमन्त्री नभएका नेताहरूलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै ओलीले गौतमतिर हेरेका बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए ।

    प्रधानमन्त्री ओलीले अहिले सरकार चलाइरहेको पाराले आगामी चुनावमा नेकपा जित्ने सम्भावना कम रहेको बताउँदै ती स्थायी कमिटी सदस्यले अर्काे चुनावपछि बामदेव प्रधानमन्त्री बन्ने भए ओलीलाई तत्कालै हटाएर काम गर्ने प्रधानमन्त्री छान्नुपर्ने तर्क गरे । ओलीका कारण सरकार र पार्टी बदनाम भएको लिखित प्रस्ताव प्रचण्डले पार्टीमा दर्ता गराएका छन् । जसमा उपाध्यक्ष गौतमसहित सचिवालयका ५ जना सदस्यको समेत सहमति छ ।

    ओली प्रवृत्तिबारे जानकार हुँदाहुँदै पनि उपाध्यक्ष गौतम मख्ख पर्नु आश्चर्यजनक रहेको नेकपाका नेताहरू बताउँछन् । उपाध्यक्ष गौतमले प्रधानमन्त्री बन्ने सपना पटक–पटक देख्दै आए पनि सफल हुन सकेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend