बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली–प्रचण्डबीच यी २ सहमति मात्रै भएको प्रचण्डपुत्री गंगाको खुलासा

ओली–प्रचण्डबीच यी २ सहमति मात्रै भएको प्रचण्डपुत्री गंगाको खुलासा

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 6.0K
    SHARES

  • ओली–प्रचण्डबीच यी २ सहमति मात्रै भएको प्रचण्डपुत्री गंगाको खुलासा

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको भनेर चर्चा चलिरहेको बेला प्रचण्डपुत्री गंगा दाहालले २ बुँदे सहमति मात्रै भएको खुलासा गरेकी छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गंगाले सरकारले अध्यादेश फिर्ता लिने र प्रचण्ड पक्षले संसद बोलाउने निवेदन फिर्ता लिने सहमति भएको जानकारी दिइन् ।

    उनले लेखेकी छन्, ‘आज प्रधानमन्त्री र कार्यकारी अध्यक्षबीच भएको सहमतिः १. सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता । २. संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता । यी २ सहमतिबाहेक अरु कुनै पनि सहमति भएको छैन ।’

    नेकपामा विवाद चर्किएका बेला बुधवार भएको प्रारम्भिक सहमतिसँगै नेकपा बैठक पुस ५ गतेसम्म सारिएको छ । यसअघि नै पुस ५ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक १० गतेसम्म सारिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend