बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीले बालुवाटारभित्रै गरे नेकपा ‘बहिष्कार’

केपी ओलीले बालुवाटारभित्रै गरे नेकपा ‘बहिष्कार’

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 6.1K
    SHARES

  • केपी ओलीले बालुवाटारभित्रै गरे नेकपा ‘बहिष्कार’

    काठमाडौं – पार्टी कार्यालयमा आयोजना भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकमा सहभागी नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारभित्रै नेकपा बहिष्कार गरेका छन् ।

    नेकपाको जारी स्थायी कमिटी बैठक बहिष्कार गर्दै ओली सहभागी भएनन् । यसअघि मंसिर २८ गतेको बैठकमा भने ओली सहभागी थिए ।

    ओलीको सहभागिता विनै नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ । गत मंसिर २१ गते सुरू भएको स्थायी कमिटी बैठक २८ गते केन्द्रीय सदस्य कमानसिंह लामाप्रति शोक प्रस्ताव पारित गरेर पुस १ गतेसम्म स्थगित गरिएको थियो ।

    मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको बैठकका अनुपस्थित ओली २८ गतेको बैठकमा उपस्थित भएका थिए । आज बुधबारको बैठकअघि प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएपनि सहमति हुन सकेन ।

    नेकपा सचिवालय बैठक अनिर्णित रहेको समयमा स्थायी कमिटी बैठक सुरू भएको थियो । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ । 

    मंसिर १३ गतेको बैठकमा ओलीले प्रचण्डलाई जवाफ पठाएपछि विवाद जटिल मोडतिर गएको छ । स्थायी कमिटी बैठकपछि पुस ५ गतेदेखि नेकपाको केन्द्रीय कमिटी बस्ने गरी तोकिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend