काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क बालुवाटार पुगेका छन् ।
नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने भएको छ । स्थायी कमिटी बैठकअघि प्रचण्डले ओलीसँग पछिल्लो अध्यादेश प्रकरणबारे एक्लै कुराकानी हुने नेकपा स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीले बुधवारको स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेपनि प्रचण्डले त्यसलाई अस्वीकार गरेका छन् ।
अध्यादेशपछि नेकपाको विवाद उत्कर्षमा पुगेको देखिएको छ । यसअघि गत २८ गते बसेको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर आज बुधबारसम्मका लागि स्थगित भएको थियो । स्थायी कमिटीमा प्रचण्ड पक्षको बहुमत रहेकाले आज ओलीविरुद्ध निर्णय हुनसक्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।