बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बालुवाटारभित्रै घुसेर केपी ओलीमाथि प्रहार गर्ने प्रचण्डको ‘प्लान’

बालुवाटारभित्रै घुसेर केपी ओलीमाथि प्रहार गर्ने प्रचण्डको ‘प्लान’

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 4.8K
    SHARES

  • बालुवाटारभित्रै घुसेर केपी ओलीमाथि प्रहार गर्ने प्रचण्डको ‘प्लान’

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले नेकपाभित्रको विवाद चर्किएको छ ।

    आज पुस १ गते बुधबारका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठकअघि मंगलबार ओलीको इशारामा राष्ट्रपति भण्डारीले विवादित अध्यादेश जारी गरेकी हुन् ।

    आज हुने स्थायी कमिटी बैठकअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र स्थायी कमिटी सदस्य शंकर पोखरेल बिहानै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सहमतिको प्रस्ताव राखेका छन् । तर ओलीले पेलेरै जाने गरी अध्यादेश जारी गरेको भन्दै प्रचण्डले सहमतिको सम्भावना नभएको जनाएका छन् ।

    पोखरेलले सहमति गर्न २ अध्यक्षबीच संवाद हुनुको विकल्प नरहेको प्रचण्डलाई भनेका थिए । भेटमा प्रचण्डले अध्यादेश आएपछिको परिस्थिति झनै गम्भीर बनेकाले आफूले केही गर्न नसक्ने र स्थायी कमिटी बैठकबाटै निर्णय हुने जानकारी दिए ।

    नेकपा स्थायी कमिटी बैठक आजै बालुवाटारमा बोलाइएको छ । बैठकका लागि प्रचण्ड बालुवाटारभित्रै घुसरे ओलीका कदमविरुद्ध पार्टी बैठकबाटै प्रहार गर्ने तयारीमा रहेका नेकपा स्रोतले जनाएको छ ।

    पोखरेललाई भेटेपछि प्रचण्डले आफूनिकट नेताहरूलाई पनि खुमलटार बोलाएर भेटेका थिए । भेटमा स्थायी कमिटी बैठकले ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिनेसम्मका विकल्पमा छलफल भएको जनाइएको छ ।

    मंगलबार अध्यादेश जारी भएपछि संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । ओली पक्षले प्रचण्डलाई फकाउन कोसिस गरिरहेपनि प्रचण्ड भने ओलीविरुद्ध प्रहार गर्ने मनस्थितिमा पुगिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend