काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास प्रवेश गरेका छन्। आजै भण्डारी र ओलीले नै अध्यादेश जारी गरेर नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको बेला ओली शितल निवास पुगेका हुन्। ओली ७ः४५ मा शितल निवास छिरेको बुझिएको छ।
ओलीले मन्त्रिपरिषदमा छलफल नै नगरी एकलौटी रुपमा सिफारिस गरेर आज भण्डारीले अध्यादेश जारी गरेकी थिइन। उक्त घटनालाई संविधान विपरित क्रियाकलाप भनिएको छ। त्यस्तै नेकपाको एकता पनि धरापमा परेको छ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनालको समूह भने उक्त अध्यादेश फिर्ताको विकल्प नभएको बताइरहेका छन्। यस अघि सोमबार मात्रै ओली र भण्डारीबीच छलफल भएर मात्रै आज अध्यादेश जारी भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।