शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

कांग्रेसले बोलायो आकस्मिक बैठक

कांग्रेसले बोलायो आकस्मिक बैठक

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 7.4K
    SHARES

  • कांग्रेसले बोलायो आकस्मिक बैठक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले एकलौटी रुपमा जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

    कांग्रेसले भोली बुधबार दिउँसो २ बजेको लागि पदाधिकारी बैठक बोलाएको कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले मिडियाडबलीलाई जानकारी दिए। ‘यो सरकार अधिनायकवाद तर्फ उन्मुख भयो। त्यसैले आज संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ,’ उनले भने, ‘बैठक सभापति ज्यूको निवासमा बस्नेछ।’

    महतले जनता र संविधान विरोधी अध्यादेश कांग्रेसले सदन र सडकको माध्यमबाट फिर्ता गराएरै छोड्ने पनि बताए। बुधबारको बैठकमा सोमबार देशभर भएको प्रदर्शनको समिक्षा पनि गरिने कांग्रेसले जनाएको छ।

    आज मंगलबार बिहान प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषदको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा गएपनि सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुँदा गणपुरण संख्या कम भएर स्थगित भयो। लगत्तै प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि बैठक बोलाए। दिउँसो गणपुरक संख्या कम भएपनि पास हुने अध्यादेश ल्याएर ओलीले अहिले बैठक चलाइरहेका छन्। बैठकमा देउवा र सभामुख सापकोटा गएका छैनन। उक्त अध्यादेशको कांग्रेसले चौतर्फी विरोध गरिरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend